कपिलवस्तुमा विद्यार्थी बोकेको बस पल्टियो, ७ जना घाइते
सारांश
- कपिलवस्तुको मायादेवी गाउँपालिकामा विद्यार्थी बोकेको बस पल्टिँदा ७ जना घाइते भएका छन्।
- दुर्घटनामा सनलाइट इङ्लिस बोर्डिङको बस पल्टिएको र घाइते विद्यार्थीहरूलाई भैरहवा पठाइएको छ।
- प्रहरीले चालक र बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
बुटवल । कपिलवस्तुमा विद्यार्थी बोकेको बस पल्टिँदा ७ जना घाइते भएका छन्। सोमबार जिल्लाको मायादेवी गाउँपालिका– ३ बर्सौलीमा विद्यार्थी बोकेको स्कुल बस पल्टिँदा ७ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
शुद्धोदन गाउँपालिका १ मा रहेको सनलाइट इङ्लिस बोर्डिङको लु १ क ५७२२ नम्बरको बस फुलीकाबाट बगदीतर्फ आउँदै गर्दा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा कपिलवस्तुको मायादेवी गाउँपालिका ३ खैरेटी बस्ने १२ वर्षीय प्रान्सु पाल, १४ वर्षकी अनिता बराई, ११ वर्षीय विशेष थारु, ८ वर्षीय अमन यादव, ८ वर्षीय सुदिप यादव, टिकौली बस्ने १० वर्षीय आईसा भट्टराई, १४ वर्षीय गुन्जा कहार घाइते भएका हुन्।
घाइतेहरूलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । चालक र बस नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण