पुटिनको निवासमा युक्रेनी आक्रमणको दाबी ट्रम्पद्वारा अस्वीकार
काठमाडौँ । युक्रेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा आक्रमण गरेको दाबीलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेका छन् ।
पुटिन निवासमा आक्रमण भएको विश्वास आफूलाई नलागेको उनले बताए । सुरुमा भने ट्रम्पले घटनाबारे रुसले दिएको विवरणमाथि केही विश्वास गरेका थिए ।
‘त्यस क्षण कसैलाई थाहा थिएन, कथित घटनाबारे आएका समाचार सही थिए कि थिएन,’ आइतबार राति एयर फोर्स वनमा रहेका पत्रकारहरूलाई ट्रम्पले भने ।
पुटिनको निवास नजिकै केही भएको तर प्रमाणहरूको समीक्षा गरेपछि आक्रमण युक्रेनले गरेकोमा अमेरिकी अधिकारीहरूले विश्वास नगरेको उनले बताए ।
यस घटनामा आफ्नो संलग्नता तुरुन्तै अस्वीकार गर्दै शान्ति वार्तालाई कमजोर पार्न रूसले झूटा अपरेशन चलाएको आरोप युक्रेनले लगाएको थियो ।
आक्रमणको घटनाले शान्ति वार्तामा आफ्नो अडानलाई कडा बनाउने चेतावनी रुसले दिएको थियो । रूसको रक्षा मन्त्रालयले गत हप्ता नोभगोरोड क्षेत्रमा रहेको पुटिनको आवासनजिक जमिनमा खसालिएको युक्रेनी ड्रोनको भिडियो प्रकाशित गरेपछि आक्रमणबारे समाचार आएका थिए । मन्त्रालयका अनुसार निवास क्षतिग्रस्त भएको थिएन । त्यतिबेला पुटिन पनि सो निवासमा थिएनन् ।
युक्रेनसँगै, यसका पश्चिमी सहयोगीहरूले पनि आक्रमणको विषयमा विवाद गरेका थिए । लगभग चार वर्ष लामो युद्ध अन्त्य गर्न रूस र युक्रेन युद्धविराम सम्झौतामा सहमति जनाउने दिशामा काम गरिरहेका बेला आक्रमणको दाबी आएको थियो ।
युरोपेली नेताहरू मंगलबार फ्रान्समा अमेरिका समर्थित युद्धविराम योजनामा थप वार्ताका लागि भेट्ने अपेक्षा गरिएको छ ।
यो सम्झौता ९० प्रतिशत तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि भनेका छन् । युद्धमा कब्जा गरिएको भूमि दिने वा नदिने सम्बन्धी क्षेत्रीय मुद्दाहरू यस विषयको केन्द्रबिन्दुमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण