नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा
काठमाडाैँ । सुजल डेरी प्राइभेट लिमिटेडले नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा ल्याएको छ।
यो उत्पादन अब प्रमुख ई–कमर्स प्लेटफर्महरू, मोडर्न ट्रेड स्टोरहरू तथा भाटभटेनी सुपरमार्केट (BBSM) मा उपलब्ध छ।
‘डिलाइट डेरी प्राइड सजिलै मन तातो पानीमा घुल्ने भएकाले तुरुन्तै तयार गर्न सकिन्छ। यसले परिवारलाई जुनसुकै समयमा पनि क्रिमी र स्वादिलो दूध पिउन सहजता प्रदान गर्छ।
प्रिमियम गुणस्तरको यो Instant Full Cream Milk पाउडर आवश्यक पोषक तत्वहरूले भरपूर्ण छ, जसले बालबालिकाको समग्र वृद्धि र विकासमा सहयोग पुर्याउँछ। चिनी रहित भएको कारण, यो हरेक दिनको पोषणका लागि भरपर्दो र भरोसायोग्य विकल्प हो।
‘डिलाइट डेरी प्राइडले दूधको प्राकृतिक गुण जोगाउँदै क्याल्सियम, प्रेटिन भिटामिन ए भिटामिन डी जस्ता आवश्यक पोषक तत्व प्रदान गर्छ। यी पोषक तत्वहरूले बालबालिकाको बढ्दो उमेरमा हड्डी मजबुत बनाउन, मांसपेशीको विकास गर्न तथा शारीरिक र मानसिक स्वास्थ्यलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण भूमिका खेल्छ।
आजको व्यस्त जीवनशैलीमा समयको अभावका कारण सन्तुलित दैनिक पोषण चुनौतीपूर्ण बनेको छ। सजिलै र छिटो तयार गर्न सकिने, गुणस्तरमा सधैं एकरूपता कायम रहने र १२ महिनासम्म सुरक्षित रूपमा भण्डारण गर्न मिल्ने यस उत्पादनले व्यस्त जीवनशैलीमा पनि पोषणको आवश्यकता पूरा गर्दछ।
‘डिलाइट डेरी प्राइडको आधुनिक र आकर्षक प्याकेजिङले ताजापन, गुणस्तर र पोषणलाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ। Moisture प्रतिरोधी मेटालिक प्याकले उत्पादनको ताजापन सुरक्षित राख्छ भने स्पष्ट र आकर्षक डिजाइनले उपभोक्तालाई डिलाइट ब्रान्डका मुख्य फाइदाहरू सजिलै चिन्न मद्दत गर्दछ।
‘डिलाइट डेरी प्राइडको स्वादिलो दूध बनाउन, १८० मि.लि. मन तातो पानीमा २५ ग्राम (तीन चम्चाभर) दूध पाउडर मिसाएर राम्ररी घोलेर तुरुन्तै पिउनुहोस्। ‘डिलाइट डेरी प्राइड Instant Full Cream Milkले केवल छिटो दूध तयार गर्नका लागि नभई, दैनिक खानामा स्वाद र पोषण दुवै थप्छ। यसलाई पौष्टिक दूधजन्य पेय, क्रिमी डेसेर्ट, मिल्की चिया र स्वादिलो कफीमा सजिलै प्रयोग गर्न सकिन्छ।
Delite Dairy Pride ताजा दूधबाट बनाइन्छ, जुन स्थानीय फार्मबाट सङ्कलन गरिन्छ। उत्पादनदेखि प्याकेजिङसम्म हरेक चरणमा गुणस्तर परीक्षण र उच्च हाइजिन कायम राखिन्छ। अत्याधुनिक प्रविधि प्रयोग गरेर तयार गरिएको यस दूधले प्राकृतिक स्वाद र पोषण दुवै सुनिश्चित गर्दछ।
‘डिलाइट डेरी प्राइड अब १ केजी प्याकमा रु. २१०० मूल्यमा उपलब्ध छ। यो प्रमुख ई–कमर्स साइटहरू Daraz, Merokirana, Smartdoko, Giftmandu , Foodmandu , Bhatbateni Supermarket, Bigmart, KK Mart अनि Modern Trade स्टोरहरूमा सजिलै किन्न सकिन्छ।
सुजल डेरी प्रालिले डिलाइट डेरी प्राइड Instant Full Cream Milk पाउडरले पोषणयुक्त , छिटो र भरपर्दो दूध विकल्पको बढ्दो आवश्यकता प्रभावकारी रूपमा पूरा गर्ने विश्वास लिएके छ ।
आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर विकसित गरिएको यस नयाँ उत्पादनले स्वस्थ र सहज जीवन चाहने उपभोक्ताको अपेक्षा पूरा गर्नेमा कम्पनी विश्पस्त छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण