सेयर बजारमा उत्साहपूर्ण सुधार, ६ अर्ब नजिकको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक सुधार देखिएको छ । आज नेप्से परिसूचक २३.१३ अङ्कले बढेर २६३३.७६ विन्दुमा पुगेको छ ।
बजारमा उत्साह देखिँदा कारोबार रकम सुधार आएको छ । आज बजारमा १ करोड १३ लाख ७५ हजार ४७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा कुल १९४ कम्पनीको मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज सबै उपसूचकहरू हरियाली देखिएका छन् । छन् । उत्पादन तथा प्रशोधन ३.०५ प्रतिशत, विकास बैंक २.७० प्रतिशत, होटल तथा पर्यटन २.५३ प्रतिशत तथा जलविद्युत १.४४ प्रतिशतले बढेको छ ।
बैंकिङ, बिमा र फाइनान्स उपसूचकहरूमा पनि १ प्रतिशत भन्दा कमको सामान्य सुधार देखिएको छ ।
आज बजारमा ६ वटा कम्पनीमा १० प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । यी कम्पनीहरूमा सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केवलकार, रूरू जलविद्युत र बाराही हाइड्रोपावर रहेका छन् ।
बजार बढे पनि केही कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक र सापाङ्दीमाई जलविद्युत को सेयर मूल्यमा २.४९ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ३५ करोड ५२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, बन्दीपुर केबलकारको २० करोड ४७ लाख र एसवाई प्यानल को १७ करोड ४७ लाख बराबरको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण