राजनीति
कांग्रेस नेतृ आरजु राणा पुगिन् दिल्ली
सोमबार, २१ पुस २०८२, १६ : ०५
सारांश
- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा दिल्ली प्रस्थान गरिन्।
- उनी फलोअप उपचारका लागि दिल्ली गएको बताइएको छ, जहाँ उनले शल्यक्रिया गराएकी थिइन्।
- डा. राणाले सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन् । उनी कांग्रेसकी केन्द्रीय सदस्य र पूर्वपरराष्ट्रमन्त्री पनि हुन् ।
डा.राणा सोमबार दिउँसो २ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गरेको देउवाको सचिवालयले जानकारी दिएको छ ।
उनी भारतमा फलोअप उपचारका लागि गएको स्रोत बताउँछ । आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा २०७९ साउनमा पाठेघरको शल्यक्रिया गरेकी थिइन् ।
त्यसैको फलोअपका लागि उनी दिल्ली गएको सचिवालय बताउँछ । फलोअप उपचारका लागि भनिए पनि दिल्लीमा रहँदा उनले सुरक्षा अधिकारी र राजनीति नेतृत्वसँग भेटवार्ता गर्ने प्रयास गर्ने कांग्रेस नेताहरू बताउँछन् ।
यसअघि आइतबार साँझ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि भारत पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण