माछापोखरीमा चोरी गर्ने युवक पक्राउ
काठमाडाैँ । राजधानीको माछापोखरी क्षेत्रबाट सुनका गहना र विद्युतीय सामग्री चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने २२ वर्षीय मनोज थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नुवाकोट शिवपुरी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा डेरा गरी बस्ने व्यक्तिको कोठाबाट पुस १८ गते दिउँसो सुन, मोबाइल र घडी लगायतका सामान चोरी भएको थियो । चोरीको सूचना प्राप्त भएलगत्तै प्रहरी वृत्त बालाजुबाट खटिएको विशेष टोलीले थापाको घरमा खानतलासी गरेको थियो ।
थापाको कोठाबाट प्रहरीले सुनको पोतेसहितको तिलहरी, एउटा औँठी, एउटा आइफोन, सामसुङको आइप्याड र रियलमीको मोबाइल बरामद गरेको छ ।
यस्तै, उनको साथबाट एउटा आइटेल मोबाइल, दुईवटा गितार, क्यासियो घडी र एउटा पावर बैंक समेत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ परेका थापालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । उनीमाथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण