चुनावी तालमेलको प्रयास : कांग्रेसले गरेन राष्ट्रियसभा उम्मेदवारबारे निर्णय
सारांश
- नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंग्याउन कार्यसम्पादन समिति बैठक बोलायो।
- कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा अन्य दलहरूसँग तालमेलका लागि ८ सिटको माग गरेको छ।
- सोमबारको बैठकले निर्णय नगरेर मंगलबार बिहान ११ बजे पुनः बैठक बोलाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभामा पार्टीका तर्फबाट उम्मेदवार बन्नेहरूको नाम टुङ्ग्याउने एजेण्डा राखेर सोमबार कार्यसम्पादन समिति बैठक बोलाएको थियो ।
दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक एक घण्टा बढी ढिलो गरी सुरु भयो ।
बैठकमा राष्ट्रियसभाको निर्वाचनमा अन्य दलहरूसँग तालमेलका लागि भइरहेको प्रयासबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ब्रिफिङ गरे ।
उनले माघ ११ गते १८ सिटका लागि हुने निर्वाचनमा तालमेल गर्दा पार्टीलाई ८ सिट मागिएको ब्रिफिङ बैठकमा गरे । निर्वाचन आयोगले पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । त्यो समय आउन मंगलबार मात्रै बाँकी रहेकाले दलहरूले तालमेललाई अन्तिम रूप दिन घनिभूत प्रयास गरिरहेका छन् ।
त्यो प्रयासलाई अन्तिम रूप दिन बाँकी रहेको भन्दै कांग्रेसले सोमबारको बैठकमा निर्णय नगरेर मंगलबार बिहान ११ बजेका लागि पुनः बैठक बोलाएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रयास भइरहेको छ । साँझ अन्तिम प्रयास गर्ने र सहमति भएमा त्यसैका आधारमा निर्णय गर्ने भन्दै आज जिल्ला–जिल्लाबाट आएका उम्मेदवारका आकाङ्क्षीका नाम सदस्यहरूलाई वितरण गरेर बैठक स्थगित गर्यौ,’ प्रवक्ता डा. महतले रातोपाटीसँग भने, ‘भोलि बिहान ११ बजे बस्ने बैठकले सहमति भएमा पार्टीको भागमा पर्ने उम्मेदवार निर्क्याैल गर्छ ।’
उनले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेस केन्द्रित दलहरूसँग तालमेलको प्रयास भइरहेको जानकारी दिए ।
कांग्रेसबाट तालमेलका लागि कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकले अन्य दलहरूसँग छलफल गरिरहेका छन् । बिहान पनि उनीहरूले गुण्डुमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तालमेलबारे कुराकानी गरेको ब्रिफिङ खड्काले बैठकमा गरेका थिए ।
दलहरूसँगको बैठकमा पार्टीलाई ८ सिट मागिएको ब्रिफिङ खड्काले बैठकमा गरेको कार्यसम्पादन समिति सदस्य सुजाता कोइरालाले सञ्चारकर्मीहरूलाई जानकारी दिइन् ।
‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन हुने निश्चित छ । कार्यवाहक सभापतिज्यूले कांग्रेसले गठबन्धनका तर्फबाट ८ सिट दाबी गरेको ब्रिफिङ बैठकमा गर्नुभएको छ ।’
दलहरूबिच तालमेल गर्ने विषयमा सैद्धान्तिक सहमति जुटे पनि कुन दलले कति सिट लिने भन्ने विषय टुङ्गिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु परिवारकाे सम्पर्कमा
-
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
स्कुटर चोरीको अभियोगमा एक जना पक्राउ
-
नयाँ भनिएकाहरूमा पनि तानाशाहीको गन्ध आयो : रक्षा बम
-
पृथ्वी राजमार्गको पहिरो पन्छाइयो, नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सुचारु
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण