रवि र बालेनको हस्ताक्षरले भ्रष्टाचारीहरू थरथर काँपेका छन् : लक्ष्मण थारु
काठमाडौँ । थरुहट तथा थारुवान आन्दोलनका अभियन्ता लक्ष्मण थारुले भ्रष्टहरूलाई थरथर काँप्ने गरी अगाडि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेताहरूलाई आग्रह गरेका छन् ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरेको एकता समायोजनमा जोडिएका थारुले रवि लामिछाने र बालेन शाहको हस्ताक्षरले भ्रष्टहरू काँपिरहेको उनले जिकिर गरे ।
‘भ्रष्टहरूलाई थरथर काँप्ने बनाइदियौँ । रविजी तपाईँ र बालेनजीको हस्ताक्षरले हेलिकप्टरबाट भाग्ने बाटो बन्द भएको छ । भगवान भएर पूजा गर्ने न्यायिक क्षेत्रले मानिसलाई घुमाएको घुमाए छ । त्यहाँ परिवारवाद हाबी छ । भ्रष्टाचारीको अन्त्य रास्वपाले नै गर्नेछ भन्ने विश्वास लिएको छु’, उनले भने ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै उनले सबैभन्दा राम्रो सर्वज्ञानी मै हुँ दम्भ रहेको आरोप लगाए । जेनजी विद्रोहले उठाएको न्यायिक आन्दोलनको माग पुरा गर्ने काम पनि रास्वपाकै भएको थारुले स्पष्ट पारे ।
उनले २०६४ सालदेखि जुन पार्टीलाई जिताउन सहयोग गरेपनि धोका मात्र दिएको गुनासो पोखे । यो पटक रास्वपाले टिकट नलिएर अन्यलाई जिताउन हिँड् भन्यो भने आफू तयार रहेको थारुले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण