पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष सापकोटाद्वारा पदबहाली
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कोषाध्यक्ष श्रीधर सापकोटाले पदबहाली गरेका छन् ।
नेपाल सरकारको विशिष्ट श्रेणीबाट अवकाशप्राप्त सापकोटा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार कोषको कोषाध्यक्ष पदमा चार वर्षका लागि नियुक्त भएका हुन् ।
नियुक्त भएपछि आज कोषको कार्यालय देवपतन, वनकालीमा उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि उनले सत्य, निष्ठा, इमान्दारिता र नैतिकताका आधारमा काम गर्ने बताए ।
कोषाध्यक्ष सापकोटाले पशुपति क्षेत्रलाई विश्वभरका सनातन धर्मावलम्बीको धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न सबैले एकाकार भएर काम गर्नुपर्नेमा जोड दिए । धार्मिक क्षेत्रमा काम गरेर धेरै धन कमाउन इच्छा नराख्न आह्वान गर्दै उनले पैसा कमाउन चाहनेले व्यापार, व्यवसाय गर्नुपर्ने बताए ।
निजामती सेवाको उच्च तहमा काम गर्ने क्रममा उनले करिब आठ वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत, महाशाखा प्रमुख र सचिव भएर पनि काम गरेका थिए । उनले रक्षा मन्त्रालयलगायतको सचिव भएर काम गरिसकेका छन् ।
यसैगरी कोषाध्यक्ष सापकोटाले गुरु नानक मठ देवस्थल संरक्षण समिति, बालाजुलगायत आध्यात्मिक संस्थामा पनि काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण