सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम

मङ्गलबार, २२ पुस २०८२, ०५ : ४६
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • खोटाङमा आगामी निर्वाचनका लागि एक लाख ४७ हजार १२० मतदाता छन्।
  • दिक्तेल रुपाकोट मझुवागढीमा धेरै र साकेलामा थोरै मतदाता छन्।
  • अघिल्लो पटकको भन्दा १,८८१ नयाँ मतदाता थपिएका छन्।

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा पुरुष ७७ हजार ६५६ र महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन् ।

जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३५ हजार ७६० जना मतदाता छन् भने सबैभन्दा कम साकेला गाउँपालिकामा आठ हजार ६४५ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रविन मगरले जानकारी दिए ।

जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ जना मतदातामध्ये ८१० जनाले अन्तर जिल्ला मतदान केन्द्र कायम गरेका निर्वाचन अधिकारी मगरले जानकारी दिए । उनका अनुसार नयाँ मतदाता नामावली दर्ता गर्ने तथा पुरानाको अद्यावधिक गर्दा जिल्लामा यसअघि कायम भएकामा थप एक हजार ८८१ जना नयाँ मतदाता थपिएको छन् ।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि सङ्घीय सरकारले मुख्य निर्वाचन अधिकृतसमेत खटाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप