कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्ने विषयमा प्रचण्ड–माधव नेपालबिच छलफल
सारांश
- राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेलबारे नेकपाका प्रचण्ड र माधव नेपालबीच छलफल भयो।
- प्रचण्डको सचिवालयका अनुसार सम्मानजनक सिट बाँडफाँड नभएमा नेकपाले एकल उम्मेदवारी दिने सम्भावना छ।
- कांग्रेस र एमालेसँग चुनावी तालमेलका लागि नेकपाले कम्तिमा ५ सिटको दाबी गरेको छ।
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहसंयोजक माधव कुमार नेपालसँग छलफल गरेका छन् ।
प्रचण्ड निवासमा बिहान नेपाली कांग्रेस, नेकपा एमालेसँग तालमेल गर्ने विषयमा छलफल भएको हो । सम्मानजनक सिट बाँडफाँड भएमात्र तालमेल गर्न सकिने, नभए एकल उम्मेदवारी दिने गरी दुई नेताबिच छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
‘दलको मतभारको आधारमा सम्मानजनक सिट बाँडफाँट भए मात्र कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्न सकिन्छ । हामीले जितेका सबै सिट दिनुपर्छ भन्ने कुरा त भएन । सहमति नभए एकल उम्मेदवारी कुराकानी भएको छ । कांग्रेस र एमालेका कुनै पनि नेतासँग छलफल भएको छैन’, प्रचण्डको सचिवालयले भन्यो ।
नेपाली समाज भारतले आयोजना गरेको एकता सन्देशसभामा भाग लिन आइतबार नयाँ दिल्ली पुगेका उनी सोमबार बेलुका स्वदेश फर्किएका थिए । भारत प्रस्थान गर्नुअघि प्रचण्डले चुनावी तालमेलको विषयमा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । तीन दिनअघि उनले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र रमेश लेखकसँग छलफल भएको बुझिएको छ ।
माघ ११ गते राष्ट्रिय सभामा १८ पदको लागि निर्वाचन हुँदैछ । फागुन २० गते पदावधि सकिनेमा साबिक माओवादी केन्द्रको ७, एमालेको ८, एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीको एक/एक जना छन् । कांग्रेसले ८ जना पाउनुपर्ने दाबी गरेको छ । तीन दलबिच तालमेलन गर्ने नै भए नेकपालाई दुई सिट दिन सकिने कांग्रेस र एमालेका नेताहरूले बताएका छन् । तर नेकपाले कम्तीमा ५ सिट दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनको तुइन खोलामा सुख्खा पहिरो खस्दा सडक एकतर्फी बन्यो
-
लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण