‘निसान पदमार्ग’ मा पुस २३ देखि २६ गतेसम्म पदयात्रा
इलाम । पर्यटन प्रवर्द्धन गर्न गत वर्षबाट सुरुआत गरिएको ‘निसान पदमार्ग’ मा यस वर्ष यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा आयोजना गरिने भएको छ । पुस २३ गते सूर्योदय नगरपालिका–४ मेचीबजारबाट सुरु हुने पदयात्रा पुर्णेडाँडा, सुन्तले, माईजोगमाई गाउँपालिकाको हात्तीटार, माइबेनी हुँदै २६ गते इलाम नरपालिकाको माईस्थानमा समापन गरिने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।
एकचालीस किलोमिटर उक्त पदमार्गमा तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ ।
नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने गणपति प्रह्लाद घलेले जानकारी दिए। तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो ।
नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालाको टोलीले पदयात्रामा सहभागी हुने माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले बताए ।
यही पुस २६ गतेसम्म जारी हुने पदयात्राका लागि स्थानीयले ठाउँठाउँमा स्वागतको तयारी गरेका छन् । प
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’
-
गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि
-
अपराजित यात्रा कायाम राख्ने दाउमा बेल्जियम, सलाहको इजिप्टसँग कस्तो छ हेड-टु-हेड?
-
छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने
-
नेपालको पर्यटकीय सम्भावनाबारे हङकङमा प्रचारप्रसार
-
यी समस्या भएकाले खानु हुन्न गाईको घिउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण