टर्कीको वार्षिक मुद्रास्फीति दर ३०.८९ प्रतिशत कायम
टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरको ३१.०७ प्रतिशतबाट सामान्य घटेर डिसेम्बरमा ३०.८९ प्रतिशत कायम भएको छ ।
टर्कीको तथ्याङ्क विभागकाअनुसार मुद्रास्फीति मापन गर्ने ‘बास्केट’ मा सबैभन्दा बढी भार रहेका तीन मुख्य खर्च समूहहरूमा उपभोक्ता मूल्य वृद्धि जारी रहेको देखिएको छ । वार्षिक आधारमा खाद्य तथा गैर–रक्सीजन्य पेय पदार्थको मूल्य २८.३१ प्रतिशत, यातायातको २८.४४ प्रतिशत र आवासको मूल्य ४९.४५ प्रतिशतले वृद्धि भएको छ ।
यी क्षेत्रहरू नै वार्षिक मुद्रास्फीति दरमा सबैभन्दा बढी योगदान पु-याउने मुख्य कारकहरू रहेका छन्। कुल वृद्धिमा खाद्य तथा गैर–रक्सीजन्य पेय पदार्थले ७.०७ प्रतिशत बिन्दु, आवासले ७.५२ प्रतिशत बिन्दु र यातायातले ४.३६ प्रतिशत बिन्दुको योगदान पु¥याएका छन् । त्यस्तै, मासिक आधारमा डिसेम्बर महिनामा उपभोक्ता मूल्य ०.८९ प्रतिशतले बढेको छ । यो वृद्धि गत वर्षको नोभेम्बरमा रेकर्ड गरिएको ०.८७ प्रतिशतको वृद्धिको तुलनामा थोरै बढी हो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण