निर्वाचनको तयारीमा एमाले, के–के छन् सचिवालय बैठकका एजेन्डा ?
सारांश
- एमालेको सचिवालय बैठक मंगलबार च्यासलमा बसेको थियो, जसमा निर्वाचन केन्द्रित एजेन्डामाथि छलफल भयो।
- बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन र घोषणापत्र तयारी समिति गठनबारे छलफल भइरहेको छ।
- एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र नेकपासँग चुनावी तालमेलबारे छलफल गरिरहेको छ।
काठमाडौँ । नेकपा (एमाले) सचिवालय बैठक मंगलबार केन्द्रीय कार्यालय च्यासलमा जारी छ । निर्वाचन केन्द्रित बैठकमा विभिन्न एजेन्डाबारे छलफल भइरहेको सचिव महेश बस्नेतले जानकारी दिए ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्नेबारे एमालेले नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसँग छलफल गरिरहेको छ । आजको बैठकले राष्ट्रिय सभा उम्मेदवार चयन, घोषणापत्र तयारी समिति गठन लगायत विषयमा छलफल हुने बस्नेतले बताए ।
के–के छन् एजेन्डा ?
१. राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन
२. घोषणा–पत्र तयारी समिति गठन
३. निर्वाचन परिचालन समिति गठन
४. निर्वाचन केन्द्रित भुगोलको कार्यविभाजन
५. युवा केन्द्रित निर्वाचन परिचालन रणनीति
६. संशोधित विधानअनुसार
– बागमती प्रदेश कमिटी गठन
– राजधानी प्रदेश कमिटी गठन
– सम्पर्क विशेष संगठन कमिटी गठन
७. पार्टी नियमावलीमा संशोधन
८. नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण