मन्त्रीसँग घुस मागिएको हल्लाबारे के भने इङ्नामले ?
सारांश
- भूमिव्यवस्था मन्त्री कुमार इङ्नामसँग मालपोत कार्यालयमा घुस मागिएको चर्चा चल्यो।
- ललितपुर, भक्तपुर र चाबहिलका मालपोत अधिकृतहरूलाई सरुवा गरियो।
- मन्त्री इङ्नामले आफूले घुस खुवाएको स्वीकार गरे, तर मन्त्री हुनुअघि नै भएको बताए।
काठमाडौँ। केही दिनअघि भूमिव्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामसँगै मालपोत कार्यालयमा घुस मागिएको चर्चा चल्यो । केही सञ्चारमाध्यमले यसलाई प्राथमिकताका साथ समाचार प्रकाशितसमेत गरे ।
त्यही समयमा सरकारले ललतिपुर र भक्तपुर र काठमाडौँको चाबहिलका प्रमुख मालपोत अधिकृतलाई सरुवा गर्ने निर्णय समेत गर्यो । ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घमिरे र चाबहलिका प्रमुख दीपेन्द्र खत्रीलाई सरुवा गरएिको थियो । योसँगै उक्त हल्लाले थप चर्चा पायो ।
तर मन्त्रालयले भने यो हल्ला सत्य नभएको प्रस्टीकरण दिएको छ । मंगलबार सञ्चारमाध्यमहरूसँग कुरा गर्दै मन्त्री इङ्नामले आफूले घुस खुवाएको सत्य भए पनि यो आफू मन्त्री हुनुभन्दा अगाडिकै भएको बताए ।
‘मैले घुस चाहिँ खुवाएको हो, तर त्यो कात्तिकमा हो, म मन्त्री हुनुभन्दा अगाडिकै हो,’ उनले भने, ‘अहिले छड्के अनुगमन गर्दाचाहिँ बिचौलियाहरूसँग साँठगाँठ देखेपछि जिम्मेवारी हेरफेर गरेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण