४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रयोगमा रोक लगाउन आग्रह
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग तत्काल रोक्न सूचना जारी गरेको छ ।
विभागले मन्त्रिपरिषद्को पुरानो निर्णय र बजेट वक्तव्यको बुँदालाई स्मरण गराउँदै यसको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको हो ।
विभागले जारी गरेको सूचनाअनुसार प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्न २०७८ माघ १७ गतेको मन्त्रिपरिषद्को निर्णय र चालू आर्थिक वर्ष २०८२/८३को बजेट वक्तव्यको बुँदा नम्बर ११८ मा उल्लेख भएअनुसार ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा यही मंसिर १ गतेदेखि लागू हुने गरी रोक लगाइएको थियो ।
विभागले सबै सरोकारवालाहरूलाई उक्त मितिदेखि लागु भइसकेको प्रतिबन्धको पालना गर्न अनुरोध गर्दै, ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नगर्न/नगराउन पुनः जानकारी गराएको हो ।
साथै विभागले यस सन्दर्भमा बजार अनुगमन थालेको र अनुगमनका क्रममा तोकिएको मापदण्डभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण वा प्रयोग गरेको पाइएमा सम्बन्धित व्यक्ति तथा फर्मलाई कानुनबमोजिम कडा कारबाही हुने विभागले स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण