व्यापार घाटा घटाउन निर्यातलाई जोड दिनुपर्छः मन्त्री सिन्हा
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले व्यापार घाटा घटाउन निर्यातलाई जोड दिनुपर्ने बताएका छन् ।
नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारणसभा एवम् १०औँ निर्यात दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री सिन्हाले विदेशी मुद्रा भित्र्याउन निर्यातमा जोड दिनुपर्ने बताए । विदेशी मुद्रा भित्र्याउन र व्यापार घाटा कम गर्ने क्षेत्र निर्यात भएकाले यसलाई बढाउन आवश्यक भएको उनको भनाइ थियो ।
मन्त्री सिन्हाले स्वदेशी वस्तुको निर्यात बढाएर मुलुकको अर्थतन्त्र चलायमान बनाउन सकिने बताउनुभयो । सरकारले निर्यात प्रवद्र्धन गर्न प्रयत्न गरे पनि सन्तुष्ट हुन नसकेको उनले उल्लेख गरे ।
मन्त्री सिन्हाले भने, “निर्यातमा देखिएका प्रकियागत र कार्यविधिगत समस्या सहजीकरण गर्न सरकार तयार छ । निर्यातलाई प्रोत्साहन गर्न कार्यविधि तयार गरिँदैछ ।”
निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य वस्तुमा सरकारले दिइरहेको नगद अनुदान रोकिँदा व्यवसायी मर्कामा परेको बताए ।
उनले नगद अनुदान रोक्ने सरकारको निर्णय तत्काल सच्याउन माग गरे । नेपालबाट आर्थिक वर्ष २०८१/८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण