रोजगारी बढाउने गरी काम गछौँ : मन्त्री घिसिङ
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले इन्जिनियरिङ पेसालाई सम्मानित बनाउन तथा रोजगारी बढाउन ध्यान दिएर काम गर्ने बताएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा मंगलबार आयोजित ‘मन्त्रीसँग इन्जिनियरका कुराः पेसागत मुद्दा सम्बोधन’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री घिसिङले इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्नुपर्नेमा जोड दिँदै यसका लागि श्रम मन्त्रालयले नै व्यवस्थापन एवं निर्देश गर्नुपर्ने आवश्यकता रहेको बताए ।
“इन्जिनियरहरुका समस्या समाधान गर्न ध्यान दिन्छौँ, आर्थिक रुपान्तरणले नै इन्जिनियरहरुको रोजगारीमा प्रभाव पार्छ, निजी एवं सार्वजनिक संस्थानमा इन्जिनियरको धेरै माग छ, माग अनुसार पदपूर्ति नहुँदा काम गर्न समस्या भएको छ”, मन्त्री घिसिङले भने ।
कतिपय निजी कम्पनीले गैरप्राविधिक राखेर पनि काम गरिरहेको उल्लेख गर्दै उनले रोजगारी सिर्जनाका लागि नीतिगत व्यवस्था आवश्यक भएको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले इन्जिनियरका समस्या समाधान गर्न ऐन कानुन संशोधन गर्नेलगायतका काममा मन्त्रालयले सहजीकरण गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण