मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लागुऔषधसहित एक जना पक्राउ

बुधबार, २३ पुस २०८२, ०० : २१
बुधबार, २३ पुस २०८२

सारांश

  • कञ्चनपुरमा खैरो हिरोइनसहित एक युवक पक्राउ परे ।
  • प्रहरीले विशेष सुचनाको आधारमा उनलाई नियन्त्रणमा लियो ।
  • उनको साथबाट २१ ग्राम १३० मिलिग्राम खैरो हिरोइन फेला पर्यो ।

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका चवन्नीबाट लागुऔषध खैरो हिरोइनसहित मंगलबार एक युवक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाउँपालिका–२, चवन्नी खल्लास्थित ‘आउट अफ जोन’ रिसोर्ट नजिकबाट १८ वर्षीय निशान्त रानालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका रानालाई चेकजाँच गरेको थियो ।

बरामद सामग्री चेकजाँचका क्रममा रानाले साथमा लुकाइछिपाई राखेको सेतो प्लास्टिकभित्र लागुऔषध खैरो हिरोइन २१ ग्राम १३० मिलिग्राम खैरो धुलो पदार्थ फेला परेको उनले बताए । पक्राउ परेका रानालाई नियन्त्रणमा लिएर लागुऔषध ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप