सञ्जु भट्टले मिसेस वर्ल्ड-२०२६ मा नेपालको प्रतिनिधित्व गर्ने
सारांश
- सञ्जु भट्टले मिसेस वर्ल्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्।
- रक्षा पन्तको अनुपस्थिति पछि भट्टलाई मिसेस वर्ल्डका लागि छनोट गरिएको हो ।
- भट्ट मिसेस नेपाल इन्टरनेशनल २०२५ को उपाधि विजेता हुन् ।
काठमाडौँ । विश्वका विवाहित महिलाहरूको प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड-२०२६ मा नेपालबाट सञ्जु भट्टले प्रतिनिधित्व गर्ने भएकी छन् । प्रतियोगिता आगामी जनवरी २२ देखि ३० सम्म संयुक्त राज्य अमेरिकाको लस भेगास मा आयोजना हुनेछ ।
आयोजक संस्था रिबन इन्टरटेन्मेन्टका अनुसार मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्त व्यक्तिगत तथा व्यावसायिक प्रतिबद्धताका कारण प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि उनको स्थानमा सञ्जु भट्टलाई नेपालको प्रतिनिधिका रूपमा चयन गरिएको हो ।
उनको आत्मविश्वास, व्यक्तित्व, सामाजिक चेतना तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान प्रस्तुत गर्ने क्षमताका आधारमा मिसेस वर्ल्डका लागि छनोट गरिएको आयोजकले जनाएको छ ।
सञ्जु भट्ट रिबन इन्टरटेन्मेन्ट प्रालिद्वारा केहीअघि राजधानीमा सम्पन्न मिसेस नेपाल वर्ल्ड २०२५ प्रतियोगितामा मिसेस नेपाल इन्टरनेशनल २०२५ को उपाधि विजेता भएकी थिइन् ।
यसअघि नेपालबाट पृथिविया थापा र दीक्षा केसीले मिसेस वर्ल्डमा सहभागिता जनाइसकेका छन् । यस पटक सञ्जु भट्टले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान थप मजबुत बनाउने अपेक्षा आयोजकले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण