कांग्रेसमा महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र छ : नेता गुरुङ
सारांश
- कांग्रेस नेता कल्याण गुरुङले विधानअनुसार महाधिवेशनको अधिकार केन्द्रीय कार्य समितिलाई मात्रै भएको बताए।
- उनका अनुसार केन्द्रीय कार्य समितिबाट अनुमोदन नभएसम्म महाधिवेशनसम्बन्धी निर्णय कार्यान्वयन हुँदैन।
- उनले सामाजिक सञ्जालमा विशेष महाधिवेशनको हल्लाको औचित्य नभएको र त्यो विधानसम्मत नभएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता कल्याण गुरुङले नेपाली कांग्रेसको विधानले महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र दिएको बताएका छन् । विशेष या नियमित दुवै महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रीय कार्य समितिलाई मात्र भएको उनको भनाइ छ ।
केन्द्रीय कार्य समिति बाहेक कुनै पनि समिति, पदाधिकारी, सदस्य वा व्यक्तिलाई महाधिवेशन गर्ने अधिकार पार्टीको विधानले दिएको छैन, उनले भने ।
केन्द्रीय कार्य सम्पादन समितिले गरेको महाधिवेशन सम्बन्धी निर्णय पनि केन्द्रीय कार्य समितिबाट अनुमोदन गराउनु पर्ने पार्टीको वैधानिक व्यवस्था रहेको उनले उल्लेख गरेका छन् ।
केन्द्रीय कार्य समितिले अनुमोदन वा निर्णय नगरेसम्म महाधिवेशन सम्बन्धी निर्णय वैधानिकरुपले कार्यान्वयन हुन नसक्ने उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– '२०८२ मंसिर १५ गते नै २०८२ पुष २६, २७ र २८ गते पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्य समितिले गरेको क्षण नै विशेष महाधिवेशनको औचित्य र आवश्यकता समाप्त भई सकेको छ । केन्द्रीय कार्य सम्पादन समितिले १५औँ महाधिवेशन पुसमा गर्न नसकिने भएकोले मिति परिवर्तन गरी २०८३ वैशाख २८, २९, ३० र ३१ गते तोकी सकेको र मुलुक चुनावमा गइसकेको कारणले विशेष महाधिवेशनको सामाजिक सञ्जालमा हल्ला गर्नुको कुनै औचित्य र आवश्यकता नै छैन ।'
'पार्टीको वैधानिक समितिले वैधानिक बाटोबाट वैधानिक तरिकाले वैधानिक प्रक्रियाहरू पुरा गरेको निर्णयहरू मात्रै वैधानिक हुन्छन् । अहिले सामाजिक सञ्जालमा चलाइएको विशेष महाधिवेशनको हल्लालाई नेपाली कांग्रेसको विधानले वैधानिक तरिकाले चिन्दै चिन्दैन । यसैले अहिले पार्टीको विधान अनुसारको कुनै पनि विधि र प्रक्रिया पुरा नगरेको कारणले विशेष महाधिवेशन हुँदैन र हुन पनि सक्दैन', उनले भनेका छन् ।
केही व्यक्तिहरुले बोलाएको भेला सानो गुटको भेला मात्र हुने उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण