उम्मेदवार चयन
एमालेले पायो गण्डकीमा महिला क्लष्टर, सम्झना देवकोटा उम्मेदवार बन्ने
बुधबार, २३ पुस २०८२, ०९ : ११
सारांश
- नेकपा एमालेले गण्डकी प्रदेशमा महिला क्लष्टरबाट गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
- देवकोटा २०८० को उपनिर्वाचनमा पराजित भएकी थिइन्, जसमा कांग्रेस र माओवादीको गठबन्धन थियो।
- कांग्रेसले पुरुष खुलामा उम्मेदवार उठाउने तयारी गरिरहेको छ, जसको लागि कार्यसम्पादन समितिको बैठक बस्दैछ।
पोखरा । नेकपा एमालेबाट गण्डकी प्रदेशमा महिला क्लष्टर निश्चित भएको छ । एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उनी २०८० मा भएको उपनिर्वाचनमा पनि उम्मेदवार थिइन् । तत्कालीन समयमा कांग्रेस र माओवादीबिच गठबन्धनका कारण उनी पराजित भइन् भने पर्वतकी मनरुपा शर्मा विजयी भएकी थिइन् ।
२०७९ मा भएको स्थानीय निर्वाचनमा उनी गोरखा नगरपालिकाको मेयरमा पराजित भएकी हुन् । २०७४ को निर्वाचनमा चाहिँ गोरखाकै उपमेयरमा उनी पराजित भइन् ।
एमालेले महिला क्लष्टर पाएसँगै यहाँ कांग्रेसले पुरुष खुलामा उम्मेदवार उठाउनेछ । कांग्रेसले केहीबेरमा बस्ने कार्यसम्पादन समितिको बैठकबाट उम्मेदवार टुङ्गो लगाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण