टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा : फर्गुसन र हेनरीले केही खेल गुमाउन सक्ने
सारांश
- न्युजिल्यान्डले मिचेल स्यान्टनरको कप्तानीमा टी-२० विश्वकप २०२६ को लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।
- लकी फर्गुसन र म्याट हेनरीले बिदा लिने सम्भावना रहेको छ, किनभने उनीहरूका पार्टनरहरूले बच्चा जन्माउँदै छन्।
- न्युजिल्यान्ड समूह 'डी' मा छ र पहिलो खेल अफगानिस्तान विरुद्ध भारतको चेन्नाईमा फेब्रुअरी ८ मा खेल्नेछ।
काठमाडौँ । सन् २०२६ को टी–२० विश्वकपका लागि न्युजिल्यान्डले मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
टोलीका प्रमुख तीव्र गतिका बलर लकी फर्गुसन र म्याट हेनरीले बिदाका कारण विश्वकपका केही खेल गुमाउने सम्भावना देखिएको छ। न्युजिल्यान्ड क्रिकेटका अनुसार प्रतियोगिता चलिरहँदा यी दुवै खेलाडीका पार्टनरले बच्चा जन्माउने समय रहेकाले उनीहरूलाई छोटो समयको लागि बिदा दिन सकिनेछ।
घोषणा गरिएको टोलीमा रहेका धेरैजसो खेलाडी चोटबाट निको हुने क्रममा छन्।पिडौँलाको चोटबाट फर्किएका फर्गुसन र हेनरीसँगै फिन एलेन, मार्क च्यापम्यान र कप्तान स्यान्टनर पनि पूर्ण रूपमा फिट हुने प्रक्रियामा छन्। सन् २०२४ को नोभेम्बरयता न्युजिल्यान्डका लागि नखेलेका फर्गुसन र अन्य खेलाडी प्रतियोगिता सुरु हुँदासम्म फिट भइसक्ने न्युजिल्यान्ड क्रिकेटले जनाएको छ।
टोलीमा अनुभवी बलर एडम मिल्ने र अलराउन्डर जेम्स निसम पनि समेटिएका छन्। ज्याकब डफीले पहिलो पटक विश्वकप टोलीमा स्थान बनाएका छन् भने काइल जेमिसनलाई ट्राभलिङ रिजर्भका रूपमा राखिएको छ।
शीर्ष क्रमको ब्याटिङमा कडा प्रतिस्पर्धा हुँदा गत अक्टोबरमा अष्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका टिम रबिन्सन भने टिममा पर्न सकेनन्। विकेटकिपिङको मुख्य जिम्मेवारी टिम सेफर्टले पाउनेछन् भने डेभन कन्वे ब्याकअपका रूपमा रहनेछन्।
न्युजिल्यान्डका मुख्य प्रशिक्षक रब वाल्टरले टोलीको सन्तुलन राम्रो रहेको र उपमहाद्वीप (सब–कन्टिनेन्ट) मा खेल्ने अनुभवले टोलीलाई फाइदा पुग्ने बताएका छन्। न्युजिल्यान्ड समूह ‘डी’ मा रहेको छ, जहाँ अफगानिस्तान, क्यानडा, दक्षिण अफ्रिका र यूएई पनि छन्।
न्युजिल्यान्डले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा भारतको चेन्नाईमा अफगानिस्तानविरुद्ध खेल्नेछ। विश्वकपको तयारीका लागि न्युजिल्यान्डले भारतसँग ५ खेलको टी–२० शृंखला पनि खेल्नेछ।
न्युजिल्यान्डको टोली:
मिचेल स्यान्टनर (कप्तान), फिन एलेन, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कन्वे, ज्याकब डफी, लकी फर्गुसन, म्याट हेनरी, ड्यारिल मिचेल, एडम मिल्ने, जेम्स निसम, ग्लेन फिलिप्स, रचिन रबिन्द्र, टिम सेफर्ट र इस सोधी।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण