ललितपुर । माघे सङ्क्रान्ति पर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा चाकुको माग ह्वात्तै बढेको छ। चाडपर्व नजिकिएपछि ललितपुरको पाटन क्षेत्रका व्यवसायीहरूलाई अहिले परम्परागत चाकु बनाउन भ्याइनभ्याइ भएको छ। उत्पादकहरूका अनुसार यस वर्ष बजारमा चाकुको माग दोब्बरले बढेको छ।
_P7BpvYMxus.jpg)
पाटनमा परम्परागत चाकु उत्पादन गर्दै आएका सुरेन्द्र जोशीका अनुसार पर्वको रौनकसँगै बजारमा माग तीव्र बनेपछि कारखानामा उत्पादनको चाप बढेको छ। माघे सङ्क्रान्तिमा चाकु खाँदा जाडो भाग्ने विश्वास गरिने भएकाले यो समयमा चाकुको व्यापार सधैँ उच्च हुने गर्छ। जोशीले अन्य समयमा अहिले उत्पादन हुने परिमाणको पाँच प्रतिशत मात्र चाकु बन्ने गरेको बताए।
_4QosLJZ20o.jpg)
उखुको रस, सख्खर (खाँड), घ्यू र नरिवल प्रयोग गरी बनाइने चाकु माघे सङ्क्रान्तिको विशेष परिकार हो। चन्द्र पात्रोअनुसार दशौँ महिनाको पहिलो दिन पर्ने यस पर्वमा घ्यू–चाकु खाने परम्परा रहिआएको छ।
_kz81OMpCwL.jpg)
चाकु तयार पार्नका लागि सख्खर पगाल्ने, त्यसलाई निरन्तर चलाउने र माटोका भाँडामा राखेर चिस्याउने गरिन्छ। चिसिएपछि त्यसलाई पिट्ने, तान्ने तथा थपथपाउने काम गरिन्छ। यसो गर्दा चाकुको रङ गाढा र आकर्षक देखिन्छ। अन्त्यमा तौल गरी नरिवल राखेर प्याक गरिने चाकु खान योग्य हुन करिब दुईदेखि तीन घण्टा समय लाग्ने उत्पादकहरू बताउँछन्। अहिले पाटनका कारखानाहरूमा चाकु बनाउने काम तीव्र बनेको छ।
_rTLPJSptt4.jpg)
_xOaDWbwumq.jpg)
_uR8463zZ6B.jpg)
_zHWeiqWOfM.jpg)
_6f5qwHdmyw.jpg)
_uPdxtH1TLE.jpg)
_sdjAnPvMCl.jpg)
_0uTJqPliMO.jpg)
_fRht2MoHhh.jpg)
_HELzlGvISS.jpg)
_n3vmF4GXn7.jpg)
_YQzkOiQ0pO.jpg)
_rKmCKsSN9Z.jpg)
_oHEubniqO8.jpg)
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया