आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अध्यक्ष लिङदेन र मन्त्री खरेलबिच भेटवार्ता

बुधबार, २३ पुस २०८२, १० : २५
बुधबार, २३ पुस २०८२

सारांश

  • सञ्चारमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भयो।
  • भेटमा निर्वाचनको वातावरण बनाउने विषयमा छलफल भएको थियो।
  • अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको बताए।

ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ ।

बुधबार लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटमा निर्वाचनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए । 

मन्त्री खरेलका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको अध्यक्ष लिङ्देनले बताएका छन् । 

निर्वाचनको वातावरण निर्माणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप