बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हिमपातका कारण युरोपमा ६ जनाको मृत्यु

बुधबार, २३ पुस २०८२, ११ : ०८
बुधबार, २३ पुस २०८२

सारांश

  • हिमपात र चिसो मौसमका कारण युरोपमा यातायात अवरुद्ध भएको छ।
  • हिमपातका कारण फ्रान्समा ५ र बोस्नियामा १ जनाको मृत्यु भएको छ।
  • सयौं उडान रद्द हुँदा हजारौं यात्रु अलपत्र परेका छन्, यो अवस्था बुधबारसम्म रहने अनुमान छ।

ब्रसेल्स । हिमपात र चिसो मौसमका कारण युरोपका धेरै जसो ठाउँमा यातायात अवरुद्ध भएको छ । हिमपातसँग सम्बन्धित घटनामा साे क्षेत्रमा ६ जनाको मृत्यु भएको छ ।

फ्रान्सको दुई क्षेत्रमा मात्रै पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बोस्नियाको राजधानी साराजेभोमा एक महिलाको मृत्यु भएको छ ।

युरोपभरमा सयौँ उडान रद्द भएपछि पेरिस र आम्सर्टड्यामका विमानस्थलमा हजारौँ यात्रु अलपत्र परेका छन् । यो स्थिति बुधबारसम्म रहने अनुमान गरिएको छ ।

मंगलबार राति र बुधबार थप हिमपात हुने अनुमान गरिएको फ्रान्सका यातायात मन्त्री फिलिप टाबारोटले भनेका छन् । सकेसम्म यात्रा नगर्न उनले सर्वसाधारणसँग अनुरोध गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप