प्रदेशले पठाएका ५० जनाको नाम फालेर कांग्रेसले सिफारिस नै नभएकालाई बनायो उम्मेदवार
सारांश
- नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा प्रा.डा. जगत तिमिल्सिनालाई चयन गर्यो, जसले पार्टीभित्र असन्तुष्टि बढायो।
- प्रदेश समितिले सिफारिस गरेको सूचीलाई बेवास्ता गर्दै केन्द्रीय सभापति देउवाले तिमिल्सिनालाई उम्मेदवार बनाएपछि स्थानीय नेताहरू आक्रोशित भए।
- तिमिल्सिना, जो देउवासँग नजिक छन्, तनहुँका हुन् र उनी कुनै सिफारिस बिना नै उम्मेदवार बनेका हुन्, जसले प्रक्रियामा प्रश्न उठायो।
पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारमा प्रा.डा. जगत तिमिल्सिनालाई चयन गरेपछि पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ ।
प्रदेश समितिले ५० जना नामसहित पठाएको सिफारिस सूचीलाई लत्याएर केन्द्रीय सभापति शेरबहादुर देउवाले आफ्नै तजबिजमा उम्मेदवार चयन गरेको भन्दै स्थानीय नेता–कार्यकर्ता आक्रोशित बनेका हुन् ।
गण्डकी प्रदेश समितिले जिल्ला तहबाट आएका सिफारिस र प्रदेशमा भएको छलफलका आधारमा ४३ पुरुष र ७ महिला गरी कुल ५० जना आकांक्षीको नाम केन्द्रमा पठाएको थियो । तर, केन्द्रले उक्त ५० जनाको सूचीलाई ‘फालेर’ प्रक्रियामै सहभागी नभएका तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
तनहुँको शुक्लागण्डकी स्थायी घर भएका तिमिल्सिना त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कांग्रेस निकट ‘प्रजातन्त्रवादी प्राध्यापक संघ’का केन्द्रीय अध्यक्ष हुन् । उनी सभापति देउवासँग निकट मानिन्छन् ।
उम्मेदवार चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका नेताहरूले जिल्ला र प्रदेश कतैबाट पनि सिफारिस नभएको व्यक्तिलाई एक्कासि उम्मेदवार बनाइएको गुनासो गरे । ‘जिल्लाबाट पनि नाम आएको थिएन, प्रदेशबाट पनि भएको थिएन । यदि उनैलाई दिनपर्ने थियो भने पनि कम्तीमा तल्लो तहबाट प्रक्रिया पु¥याएर ल्याउनुपर्थ्यो, हामी गरिहाल्थ्यौँ, तर प्रक्रिया नै मिचेर निर्णय गरियो,’ प्रदेश समितिका महामन्त्री विष्णुप्रसाद लामिछानेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण