गठबन्धनका तिमिल्सिना र देवकोटाले गराए उम्मेदवारी दर्ता
सारांश
- राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र एमालेका उम्मेदवारले पोखरामा उम्मेदवारी दर्ता गराए।
- कांग्रेसले तनहुँका प्राडा जगत तिमिल्सिनालाई र एमालेबाट गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ।
- पार्टीभित्रै आलोचनाका बाबजुद कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबाट तिमिल्सिनालाई उम्मेदवार बनायो।
पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र एमाले गठबन्धनका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयमा पुगेर बुधवार उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसले तनहुँका प्राडा जगत तिमिल्सिनालाई उम्मेदवार बनाएको छ भने एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ ।
तिमिल्सिना प्राध्यापक संघका केन्द्रीय अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । देवकोटा भने यसअघिका पटक पटक निर्वाचनमा पराजित नेतृ हुन् ।
२०८० को निर्वाचनमा पनि उनी राष्ट्रिय सभा सदस्य उम्मेदवार थिइन् । काँग्रेस र माओवादी गठबन्धनका कारण उनी पराजित भइन् ।
त्यसअघि २०७४ मा गोरखा नगरपालिकाको उपमेयर र २०७९ मा गोरखा नगरपालिकाकै मेयर पदमा उनी पराजित भएकी थिइन् । गोरखा एमालेका लागि कमजोर संगठन भएको जिल्ला हो ।
सोही जिल्लाबाट एमालेले पहिलो पटक राष्ट्रिय सभा सदस्य उम्मेदवार दिएको छ । कांग्रेसबाट उम्मेदवार बनेका तिमिल्सिना चाहिँ सभापति शेरबहादुर देउवाका निकट पात्र हुन् ।
यसअघि पनि कांग्रेसले तनहुँबाटै उम्मेदवार बनाएको थियो । सुरुमा प्रकाश पन्थलाई अपाङ्गता कोटाबाट उम्मेदवार बनाएर जिताएको कांग्रेसले उनको कार्यकाल सकिएपछि २०८० मा पदम परियारलाई तनहुँबाटै उम्मेदवार सोही कोटामा बनाएको हो ।
कांग्रेसले क्षेत्र र प्रदेशबाट सिफारिस गरेको नामलाई लत्याएर केन्द्रीय कार्यसम्पादन समिति बैठकले तिमिल्सिनालाई उम्मेदवार बनाएपछि पार्टीभित्रै आलोचना बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण