अपडेट
कोशीमा गठबन्धनका उम्मेदवारले दर्ता गराए मनोनयन
बुधबार, २३ पुस २०८२, १४ : २७
सारांश
- नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धनले कोशीमा राष्ट्रियसभाको निर्वाचनका लागि मनोनयन दर्ता गराए।
- गठबन्धनले रोशनी मेचे, सोम पोर्तेल र सुनिल थापालाई उम्मेदवारको रुपमा अघि सारेको छ।
- कोशी प्रदेशमा ३ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ, जसमा एमाले र काङ्ग्रेसले उम्मेदवार बाँडफाँड गरेका छन्।
विराटनगर । नेकपा एमाले र नेपाली काङ्ग्रेसको गठबन्धनले कोशीमा राष्ट्रियसभाको निर्वाचनका लागि मनोनयन दर्ता गराएको छ । गठबन्धनले कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे, दलितमा सोम पोर्तेल र खुल्लामा सुनिल थापालाई उम्मेदवारको रुपमा अघि सारेको छ ।
रोशनी मेचेको सिर्जना राई समर्थक र शोभा चेम्जोङ प्रस्तावकमा रहेकी छिन् । यस्तै पोर्तेलको प्रस्तावक छवि चुँडाल र समर्थक एकराज कार्की रहेका छन् । यस्तै थापाको प्रस्तावकमा उद्धव थापा रहेका छन् भने समर्थकमा रेगिना भट्टराई रहेकी छन् ।
कोशीमा ३ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । सो अनुसार एमालेले २ र काङग्रेसले एक जना उम्मेदवार बाँडफाँड गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण