चलचित्र विधेयकको दफावार छलफल सकियो
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्रसम्बन्धी विधेयकको दफावार छलफल सकिएको छ । समितिको बुधवार बसेको बैठकपछि दफावार छलफल सकिएको हो ।
समिति सभापति तुलसाकुमारी दाहालले चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक, २०८१ माथि दफवार छलफल सकिएर मस्यौदा प्रतिवेदन तयारीको काममा लागेको जानकारी दिइन् । उनले मस्यौदा प्रतिवेदनको बाँकी काम पनि छिट्टै तयार पारेर अर्को बैठकमा मस्यौदामाथी छलफल गर्ने बताइन् ।
उनले प्रतिवेदन तयार पारी अब बस्ने राष्ट्रिय सभामा पेस गर्नेगरी तयारी थालेको पनि जानकारी दिइन् । संसोधनकर्ता सांसद, सरोकारवालाहरुको सुझाव सबैलाई समेटेर मस्यौदा प्रतिवेदन बनाइने जानकारी दिइन् । उनले सेन्सर बोर्डको नाम परिवर्तन गरेर प्रमाणीकरण गर्ने समिति राखिएको बताइन् । तर त्यो समितिको अध्यक्ष को हुने भन्ने विषय भने टुंगोमा नपुगेको बताइन्।
समितिको अध्यक्षमा बाहिरबाट विज्ञ व्यक्ति ल्याउने भन्नेमा सबैको जोड रहेकोले मस्यौदामा सोहीअनुसार भएको तर कस्तो व्यक्तिलाई बनाउने, सिफारिस कसले गर्ने भन्ने विषय भने छलफल गर्न बाँकी रहेको उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण