सांसद देवकोटाले दायर गरेको रिट ‘हेर्न नभ्याइने’ मा
सारांश
- गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाको रिट सर्वोच्च अदालतले 'हेर्न नभ्याइने' सूचीमा राख्यो।
- माओवादी केन्द्रले कारबाही गरेपछि देवकोटाले दायर गरेको रिटमा सुनुवाइ हुन सकेन।
- देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकोले माओवादीको कारबाही गैरकानुनी भएको जिकिर गरेका छन्।
काठमाडौँ । गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाले दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएको पेसी ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
माओवादी केन्द्रको पत्रका आधारमा सभामुखबाट सांसद पदमुक्त गर्ने निर्णयविरुद्ध देवकोटाले सर्वोच्चमा रिट दिएका थिए । तत्कालीन माओवादी केन्द्रले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएर ह्वीप उल्लंघन गरेको भन्दै देवकोटालाई कारवाही गरेको थियो । माओवादीले गरेको कारबाहीको सूचना सभामुख कृष्ण धितालले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका थिए ।
देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै सर्वोच्चमा रिट दिएका थिए । २०७९ मंसिर ४ मंसिरको प्रदेशसभा चुनावमा उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ (१) बाट निर्वाचित भएका थिए ।
यसअघि सर्वोच्चले देवकोटाले दिएको रिटमा माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट लडे पनि उनको मनोनयन पत्र, निर्वाचन आयोगले दिएको प्रमाणपत्र र निर्वाचन आयोगले २०७९ मंसिर २९ मा राजपत्रमा प्रकाशित गरेको सूचनामा नेपाल समाजवादी पार्टीको भएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण