सिजनभर खेल्न नसक्नेगरी 'साम्बा' घाइते
वेलिङ्टन । अस्ट्रेलियाको महिला फुटबल लिग (ए लिग वुमन) खेलिरहेकी नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' घाइते भएकी छिन् ।
उनको चोट गम्भीर भएकाले सिजनभर उनी मैदानमा नरहने भएकी उनी आबद्ध क्लब वेलिङ्टन फोनिक्सले जनाएको छ ।
एमआरआई स्क्यानले साम्बाको दाहिने घुँडामा एन्टेरियर क्रुसिएट लिगामेन्ट ग्राफ्ट च्यातिएको देखाएको र उनी नौ देखि १२ महिनासम्म मैदान बाहिर रहने जनाइएको छ ।
साम्बालाई राउन्ड ११ को ब्रिस्बेन रोरविरुद्धको खेलको दोस्रो हाफको अन्त्यमा चोट लागेको थियो । खेलका दौरान रोरका गोलकिपर क्लो लिंकन साम्बाको दाहिने खुट्टामा खसेकी थिइन् जब दुई खेलाडी हावामा बलका लागि प्रतिस्पर्धा गरिरहेका थिए ।
क्लबका अनुसार यो साम्बाको करिअरमा लागेको दोस्रो ठुलो चोट हो । चोटको प्रकृति र बलको स्तरलाई हेर्दा यसलाई रोक्न कुनै उपाय नभएको क्लबले बताएको छ । क्लबले आफ्नी स्ट्राइकरलाई चोट लागेकोमा गहिरो दुःख व्यक्त गरेको छ । भनेको छ, 'साम्बा, तिम्रो समस्यामुक्त र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।'
साम्बा सिजन २०२५–२६ का लागि गत साउनमा वेलिङ्टन फोनिक्स क्लबमा आबद्ध भएकी थिइन् । वेलिङ्टन फोनिक्स न्युजिल्यान्डको क्लब भए पनि उसले अस्ट्रेलियन क्लबहरूको बाहुल्यता भएको ए–लिग वुमन खेल्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण