काठमाडौँका १० क्षेत्रमा यी हुन् एमालेबाट सिफारिस उम्मेदवार (सूचीसहित)
काठमाडौँ । नेकपा एमालेले काठमाडौँका १० वटै क्षेत्रमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ जिल्ला कमिटीको बैठकले उम्मेदवार सिफारिस गरेको हो ।
जसअन्तर्गत काठमाडौँ–१ मा मोहन रेग्मीसहित ८ जना छन्, क्षेत्र नम्बर २ मा भने मणिराम फुयाँलको एकल नाम सिफारिस भएको एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
त्यस्तै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट मा रामेश्वर फुयाँलसहित ६ जना ,४ मा राजन भट्टराईसहित १३ जना, क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेलसहित ८ जना सिफारिस भएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ६ बाट अमनकुमार मास्केसहित १२ जना छन् । यसैगरी क्षेत्र नम्बर ७ बाट प्रकाश श्रेष्ठसहित ११ जना र क्षेत्र नम्बर ८ बाट राजेश शाक्यको एक मात्र नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ९ बाट भने अजयक्रान्ति शाक्यसहित ९ जना र १० बाट विनोद श्रेष्ठसहित ११ जना सिफारिस भएका हुन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण