क्यासिनोमा ठगी गरेका आरोपी पुर्पक्षका लागि कारागार चलान
काठमाडौँ । ठमेलको छायाँ सेन्टरमा रहेको ‘वाल्डो क्यासिनो’मा आइलेन्स प्रयोग गरी ठगी गरेको आरोप लागेका चार भारतीयलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
उनीहरुलाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको हो । कारागार चलान हुनेमा दिल्लीका ५७ वर्षीय सुरेश महाजन, देहरादुनका ३९ वर्षीय प्रमोद मौर्य, उत्तराखण्डका ३२ वर्षीय विक्रमसिंह र भारत हरियानाका ३७ वर्षीय दिनेश वर्मा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका सात जनामध्ये चार जनालाई पुर्पक्षका लागि कारागार चलान, दुई जनालाई एक लाख धरौटीमा रिहा र एक जनालाई पाँच लाख धरौटीमा रिहा गरिएको जानकारी दिए । रु एक लाख तिरेर धरौटीमा रिहा हुनेमा सुनसरीकी ३५ वर्षीय चिजा खड्का र टोखाकी ४० वर्षीय भवानी पाण्डे रहेका छन् ।
यसैगरी पाँच लाख तिरेर रिहा हुनेमा चिनियाँ नागरिक क्यासिनो सञ्चालक छन मान छिन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण