लालबन्दीमा प्रथम मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप हुने
सारांश
- सर्लाहीको लालबन्दीमा ‘प्रथम लालबन्दी मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप २०८२’ आयोजना हुने भयो।
- प्रतियोगिता माघ १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ, जसमा १२ टोलीले भाग लिनेछन्।
- विजेताले रु तीन लाख र उपविजेताले रु एक लाख ५० हजार पुरस्कार पाउनेछन्।
सर्लाही । फुटबल खेल र खेलाडीको प्रवर्द्धन गर्ने उद्देश्यसहित सर्लाहीको लालबन्दीमा ‘प्रथम लालबन्दी मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप २०८२’ आयोजना गरिएको छ ।
बुधबार सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर फुटबल रङ्गशालामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । लालबन्दी नगरपालिका मुख्य आयोजक रहेको उक्त प्रतियोगिता माघ १६ देखि २७ गतेसम्म सञ्चालन गरिने भएको छ । प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीको प्रवद्र्धनमा टेवा पुग्ने जीवेश्वर युवा क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले जानकारी दिए ।
प्रतियोगितामा अन्तर प्रदेशका चारसहित १२ टोलीले सहभागिता जनाउने भएका छन् । माघ २७ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले रु तीन लाख र उपविजेताले रु एक लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको हो । ‘म्यान आफ दी म्याच’ सहित प्रतियोगितामा अन्य पाँच विधामा खेलाडीलाई पुरस्कृत गरिने अध्यक्ष बुढाथोकीले बताए ।
प्रतियोगिताले नवलपुर क्षेत्रको खेल पर्यटनमा समेत फाइदा पुर्याउने लालबन्दी नगरपालिका–१७ का वडाध्यक्षसमेत रहेका नगर खेलकुद विकास समितिका संयोजक विष्णु अधिकारीले बताए । सहभागी टोलीहरूमा सर्लाहीको जीवेश्वर युवा क्लब, पर्साको वीरगन्ज युनाइटेड, बाराको रतनपुर युनाइटेड, रौतहटको नेपाल खेलकुद क्लब, महोत्तरीको ब्याग्ङखाडी युवा क्लब, धनुषाको धनुषा–११, सिरहाको गोलबजार स्पोट्र्स क्लब, सप्तरीको न्यू त्रियुगा स्पोर्टस क्लब, उदयपुरको गाईघाट युवा क्लब, सुनसरीको इनरुवा फुटबल क्लब, चितवनको भरतपुर फुटबल क्लब र हेटौँडाको मकवानपुर जिल्ला फुटबल सङ्घ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण