निःशुल्क शिविर: २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया
सारांश
- सर्लाहीको बागमतीमा निःशुल्क शिविरमा २३२ जनाको मोतियाबिन्दुको शल्यक्रिया सफल भयो।
- शिविरमा आँखा जाँच गर्दा ३५० जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो।
- वृद्ध बिरामीलाई शिविरमा ल्याउन नसक्दा सबैको शल्यक्रिया हुन सकेन।
सर्लाही । सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको छ ।
गत सोमबारदेखि बागमती नगरपालिका–१२, स्थित तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमतीमा शिविर सुरु भएको थियो । शिविरमा सहभागी मोतिया बिन्दु भएका २३२ जनाको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको हो । शिविरको पहिलो दिन ७९ जना, दोस्रो दिन ८३ जना र तेस्रो दिन ७० जनाको आँखाको शल्यक्रिया गरिएको केन्द्रका इन्चार्ज आशिष भट्टले जानकारी दिए ।
बागमती नगरपालिका, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमती र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा तीनदिने शल्यक्रिया शिविर सञ्चालन भएको हो । गत पुस १५ गतेदेखि बागमती नगरपालिका, बरहथवा नगरपालिका, बलरा नगरपालिका र बसवरिया गाउँपालिकामा स्क्रिनिङ शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा एक हजार ६८१ जनाको आँखा जाँच गर्दा ३५० को आँखामा मोतिया बिन्दुको समस्या देखिएको थियो ।
प्रतिकूल मौसमका कारण धेरै वृद्ध बिरामीलाई शिविरसम्म ल्याउन नसक्दा सबै बिमारीको आँखाको शल्यक्रिया हुन नसकेको बागमती नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले बताए । शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानबाट डा रचना सिंह रानाको टोली खटिएको थियो भने बागमती नगरपालिकाले बिरामीको खाने बस्ने व्यवस्था गरेको नगरका शिविर प्रतिनिधि सन्तबहादुर विश्वकर्माले बताए ।
गत वर्षदेखि तिलगङ्गा आँखा प्रतिष्ठानको शाखाका रूपमा बागमती नगरपालिका–१२, स्वास्थ्य केन्द्रको भवनमा सर्जिकल केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका आँखाको बिमारीले टाढा धाउनुपर्ने बाध्यता हटेको छ । बेलाबेलामा गाउँघरमै निःशुल्क शिविर आयोजना हुँदा सुविधा भएको बागमती नगरपालिका–७ का ७७ वर्षीय वीरबहादुर खड्काले बताए । सतहत्तर वर्षको उमेरमा आँखाको ज्योति फर्किएको भन्दै उनले खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण