'किन लाग्छ माया'को गीतमा सञ्जित, मिस पवि र ऋचाको छमछमी
सारांश
- चलचित्र 'किन लाग्छ माया' को पहिलो गीत 'धौले धन्सार' सार्वजनिक भएको छ।
- गीतमा पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल 'छन्दे'को स्वर रहेको छ।
- कुबेर तामाङको निर्देशन रहेको फिल्म २०२६ मा प्रदर्शन हुने भएको छ।
काठमाडौँ । फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘धौले धन्सार’ बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ ।
पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’को यो गीतमा स्वर छ । डाक्टर अशाबहादुर तामाङको शब्द रहेको यो गीतमा पुष्कर सुनुवारको सङ्गीत छ । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पवि, हिउवाला गौतमको साथमा नव–नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदीको नृत्य हेर्न सकिन्छ । कुबेर तामाङको निर्देशनमा तयार भएको यो फिल्मको प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ ।
फिल्ममा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रवीन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारी लगायतका कलाकारहरूको अभिनय छ ।
सञ्जित भण्डारी र मोनु खड्काको लगानी रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । राजेन्द्र खड्गीको एक्सन निर्देशन रहेको फिल्ममा रामशरण उप्रेती र रामकुमार केसीको डीओपी, बनिष शाह र नवीन चौधरीको सम्पादन, रामकाजी घिमिरेको पटकथा र संवाद, स्याडो रियलको कथा र शब्द छ ।
फिल्मले दाजुभाइको कथा भन्छ । फिल्मले दर्शकको मन जित्नेमा निर्माणपक्ष ढुक्क देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण