विशेष महाधिवेशनको पक्षमा खुल्यो कास्की, महाधिवेशनमा सहभागी हुन औपचारिक अपिल
सारांश
- कास्कीका सभापति किशोरदत्त बरालले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्।
- महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाएका हुन्।
- पार्टीको केन्द्रीय कार्यालयले भने विशेष महाधिवेशनमा सहभागी नहुन निर्देशन दिएको छ।
पोखरा । नेपाली कांग्रेसका महामन्त्रीले बोलाएको विशेष महाधिवेशनमा सहभागी हुन कास्कीले औपचारिक आह्वान गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् । उक्त महाधिवेशनबाट पार्टी विभाजन हुन सक्ने धेरैको आकलन छ । तथापि, महाधिवेशन हुने अवस्थामा पुगिसकेको छ ।
यही अवस्थामा कास्कीका सभापति किशोरदत्त बरालले पार्टीको हितका लागि महाधिवेशनमा सक्रिय सहभागी हुन अपिल गरेका हुन् । ‘नेपाली काँग्रेस एउटा राजनीतिक सङ्गठन मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला हो,’ उनले भने, ‘पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशसँग प्रत्यक्ष रूपमा जोडिएको यो ऐतिहासिक विशेष महाधिवेशनमा अनिवार्य उपस्थित भई यसलाई सफल र सार्थक बनाउन म कास्कीका सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई हार्दिक अपिल गर्दछु ।’
पार्टीको केन्द्रीय कार्यालयले विशेष महाधिवेशनमा सहभागी नहुन निर्देशन नै जारी गरेको छ । पार्टीको १५ औँ महाधिवेशन समयमा हुन नसकेको र विधान संकटमा परेको भन्दै विशेष महाधिवेशनलाई सफल बनाउनुपर्ने बरालको तर्क छ । केन्द्रीय कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गर्नुपर्ने भन्दै अहिले विशेष महाधिवेशन गर्न नसकिने बताएको छ ।
_htKAmZgKgR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण