नाडा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित
सारांश
- राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले नाडालाई सम्मान गरेको छ।
- नाडाले अटो मोबाइल क्षेत्रको सीप विकासमा योगदान पुर्याएको छ।
- नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई प्रशंसा-पत्र प्रदान गरिएको छ।
काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले अटो मोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संशाधन विकासमा योगदान पुर्याएको भन्दै नाडालाई सम्मान गरेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई सम्मान पत्र प्रदान गरेको हो ।
अटो मोबाइल क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयन प्रक्रियामा संयोजकको हैसियतले प्रभावकारी, प्रशंसनीय र नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदान गरेको भन्दै नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई प्रशंसा पत्र प्रदान पनि गरेको छ ।
नाडाको सहकार्यमा अटोमोबाइल्स क्षेत्रमा श्रम बजारको मागअनुसार तयार गरिएका ट्रेडमा आधारित सीपमूलक तालिम पाठ्यक्रमहरू विशेषगरी एसेम्बलर अपरेटर तथा विद्युतीय सवारी मर्मत प्राविधिक जस्ता कार्यक्रमहरूले दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख प्रमाण पत्रमा गरिएको छ ।
नाडाले आगामी दिनहरूमा पनि सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै अटो मोबाइल क्षेत्रको सीप विकास, रोजगारी सिर्जना र प्राविधिक जनशक्ति उत्पादनमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण