प्रभासको 'द राजा साब'का लागि बढाइयो टिकट मूल्य
सारांश
- प्रभासको फिल्म 'द राजा साब' को प्रदर्शन ९ जनवरीबाट सुरु हुँदैछ, र विशेष स्क्रिनिङ आजबाटै सुरु हुनेछ।
- आन्ध्र प्रदेश सरकारले फिल्मको टिकट मूल्य बढाउन अनुमति दिएको छ, जसमा विशेष स्क्रिनिङको लागि टिकटको मूल्य १००० भारु तोकिएको छ।
- सिंगल स्क्रिन थिएटर र मल्टिप्लेक्सहरूमा टिकटको मूल्य क्रमशः १५० र २०० भारुले बढाइएको छ।
मुम्बई । सुपरस्टार प्रभासको फिल्म ‘द राजा साब’ दर्शकमाझ प्रतिक्षित छ । फिल्मको सार्वजनिक प्रदर्शन ९ जनवरीदेखि सुरु हुँदैछ । फिल्मको स्पेसल स्क्रिनिङ भने आज बिहीबारबाटै सुरु हुदैछ । जसका लागि आन्ध्र प्रदेश सरकारले टिकटको मूल्य बढाउने अनुमति दिएको छ ।
सरकारले यस हप्तादेखि राज्यभर ‘द राजा साब’ को पेड प्रिमियर (सशुल्क विशेष प्रदर्शन)का साथै नियमित शोहरूका लागि पनि टिकटको मूल्य वृद्धि गर्न सकिने भनेको छ । जसमा स्पेसल स्क्रिनिङका लागि टिकटको मूल्य १००० भारु तोकिएको छ ।
सरकारी आदेश अनुसार, सिंगल स्क्रिन थिएटरहरूमा टिकटको मूल्य १५० भारुले बढाइएको छ, जसले गर्दा अब प्रति सिटको मूल्य २९७ भारु पुगेको छ ।
त्यस्तै, आन्ध्र प्रदेशका मल्टिप्लेक्सहरूमा पनि टिकटको मूल्यमा २०० भारु वृद्धि गरिएको छ। फिल्म रिलिज भएको पहिलो १० दिनसम्म मल्टिप्लेक्समा प्रति सिटको मूल्य ३७७ भारु तय गरिएको छ । यसका साथै फिल्म टोलीले सुरुवाती दिनहरूमा दैनिक पाँचवटा शोसम्म प्रदर्शन गर्ने अनुमति पनि पाएको छ ।
मारुतिद्वारा निर्देशित फिल्ममा प्रभासको अलवा सञ्जय दत्त, जरीना वहाब, मालविका मोहनन, निधि अग्रवाल र रिद्धि कुमारको मुख्य भूमिका छ। प्रभास यस फिल्ममा ‘राजा साब’को भूमिकामा देखिनेछन् । ‘द राजा साब’ हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम गरी पाँच भाषामा विश्वभर रिलिज हुन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण