प्युठानमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी, एक युवक पक्राउ
बिहीबार, २४ पुस २०८२, १२ : ४५
सारांश
- प्युठानमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा स्वर्गद्वारी नगरपालिका-९ जुकेनाका २१ वर्षीय दुर्ग बहादुर घर्ती मगर रहेका छन्।
- प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको छ।
प्युठान । प्युठानमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्वर्गद्वारी नगरपालिका–९ जुकेना बस्ने २१ वर्षीय दुर्ग बहादुर घर्ती मगर रहेका छन्। उनलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।
मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अस्थायी प्रहरी पोष्ट लामाचौरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
घर्ती मगरमाथि लागेको अभियोगका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण