इरानमा देशभर फैलियो हिंस्रक प्रदर्शन
सारांश
- इरानमा सरकार विरोधी प्रदर्शन र सुरक्षाकर्मीबीच झडप हुँदा हिंसा बढ्दै गएको छ ।
- प्रदर्शनकारीहरूले दुई प्रहरीको हत्या गरेपछि देशव्यापी प्रदर्शनमा कम्तीमा ३४ जना प्रदर्शनकारी र ४ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
- अमेरिकी डलरको तुलनामा इरानी मुद्राको अवमूल्यन र महँगी बढेपछि विरोध प्रदर्शन सुरु भएको थियो ।
तेहरान । इरानमा सरकार विरोधी प्रदर्शनकारी र सुरक्षा बलबिचको झडप हिंस्रक बन्दै गइरहेको छ । आकासिँदै गएको महँगी, अमेरिकी डलरको तुलनामा इरानी मुद्राको तीव्र अवमूल्यन र खस्किएको आर्थिक अवस्थाको विरोधमा बुधबार ११ औँ दिन पनि इरान अशान्त रह्यो । बुधबार देशका कयौँ स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच हिंस्रक झडप भए ।
देशको दक्षिण–पश्चिम सहर लर्डेगनमा हतियार सहितका प्रदर्शनकारीहरूले दुई जना प्रहरीको गोली हानेर हत्या गरेको इरानको अर्धसरकारी फार्स न्युज एजेन्सीले जनाएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबिच तनावपूर्ण स्थिति देखाउने भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् ।
केही भिडियोमा गोली चलेको आवाज पनि सुनिन्छ । अन्यत्रका भिडियोमा पनि सुरक्षाकर्मीहरूले प्रदर्शनकारीको भीडलाई तितर बितर पार्न गोली चलाएको अनि अश्रुग्याँस फ्याकेको देखिएको छ ।
विरोध प्रदर्शन देशका ३१ प्रान्तका १११ वटा सहरमा फैलिएको अमेरिकी गैरसरकारी संस्था एचआरएएनएले बताएको छ । एचआरएएनएको पछिल्लो प्रतिवेदनका अनुसार देशव्यापी प्रदर्शनका क्रममा इरानमा कम्तीमा पनि ३४ जना प्रदर्शनकारी र ४ सुरक्षाकर्मीको मृत्यु भएको छ । २ हजार २०० प्रदर्शनकारी पक्राउ परेका छन् ।
बीबीसी पर्सियाले मृत्युको पुष्टि गरेको छ । मर्नेमध्ये २१ जनाको पहिचान भएको छ । प्रदर्शनका क्रममा पाँच सुरक्षाकर्मीको निधन भएको इरानी अधिकारीहरूले बताएका छन् ।
खुला बजारमा अमेरिकी डलरको तुलनामा इरानी रियालको भाउ कीर्तिमानी न्यून स्तरमा झरेपछि डिसेम्बर २८ मा इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको थियो । हालैका वर्षमा डलरको तुलनामा रियालको भाउ कीर्तिमानी न्यून बिन्दुमा झरेको छ भने महँगी ४० प्रतिशत माथि उक्लिएको छ ।
विश्वविद्यालयका विद्यार्थीहरू समेत प्रदर्शनमा सहभागी हुन थालेपछि राजधानी तेहरानको सडकबाट सुरु भएको विरोध प्रदर्शन तीव्र रूपमा देशका अन्य सहरमा समेत फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण