तेल व्यापारबारे अमेरिकाले भेनेजुएलासँग अघि सार्यो नयाँ सर्त
सारांश
- अमेरिकाले भेनेजुएलालाई तेल उत्पादन पुनः सुरु गर्न चीन, इरान, रुस र क्युबासँगको सम्बन्ध तोड्न दबाब दिएको छ।
- ट्रम्प प्रशासनले भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई अमेरिकी कम्पनीसँग मात्रै तेल कारोबार गर्न आग्रह गरेको छ।
- अमेरिकी विदेश मन्त्रीले तेल बेचेको पैसा भेनेजुएली जनताको हितमा प्रयोग गर्ने बताएका छन्।
काराकस । भेनेजुएलाले तेल उत्पादन पुनः सुरु गर्नुअघि अमेरिकाले नयाँ सर्त तेर्स्याएको छ । ट्रम्प प्रशासनले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोद्रिगेजलाई चीन, इरान, रुस र क्युबा जस्ता देशसँगको सम्बन्ध तोड्न दबाब दिएको भन्दै सीएनएनले समाचार प्रकाशित गरेको छ । अमेरिकाले तेल उत्पादनमा आफूसँग मात्रै सहकार्य गर्न समेत दबाब दिएको छ ।
रोद्रिगेजले ट्रम्प प्रशासनलाई मात्रै सपोर्ट गर्नुपर्ने र भविष्यमा घरेलु तेल पनि अमेरिकी कम्पनीलाई मात्रै बेच्न आग्रह गरिएको ह्वाइट हाउसका दुई जना वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । यी मागलाई ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले पुष्टि र खण्डन नगरेको समाचारमा उल्लेख छ ।
भेनेजुएलमा केही हप्ताका लागि मात्रै पुग्ने विदेशी विनिमय सञ्चिति रहेको बताइएको छ । भेनेजुएलासँग तेल कारोबारका लागि त्यहाँको अन्तरिम सरकारसँग सम्झौता गर्ने तहसम्म पुगेको ट्रम्प प्रशासनले बताएको छ । यही बिचमा उसले यी सर्त अघि सारेको समाचार बाहिर आएको हो ।
बुधबार अमेरिकी विदेश मन्त्री मार्को रुबियोले तेल बेचेको पैसा ट्रम्प प्रशासनले लिने र भेनेजुएली जनताको हितमा प्रयोग गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण