कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आह्वान
सारांश
- नेपाली कांग्रेसका संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला बोलाइएको छ।
- पार्टीमा विशेष महाधिवेशन कि नियमित भन्ने विवाद चलिरहेका बेला भेला आह्वान भएको हो।
- शुक्रबार बिहान १० बजे बानेश्वरस्थित पार्टी प्यालेसमा उपस्थितिका लागि अनुरोध गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला आह्वान भएको छ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा शुक्रबार संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान भएको हो ।
‘नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै सल्लाहका लागि भोलि २०८२ पौष २५ गते शुक्रबार दिनको ठिक १०ः०० बजे आनन्दभुमी पार्टी प्यालेस (न्यु बानेश्वर होटल एभरेष्ट पछाडी) मा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध छ,’ सस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई पठाइएको म्यासेजमा लेखिएको छ ।
बिहीबार संस्थापन पक्षीय पदाधिकारी र सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि आफ्नो समूहका सदस्यहरूको भेला बोलाइएको हो ।
बिहान देउवा निवास महाराजगञ्जमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाण, एनपी साउद, जीतजंग बस्नेत, गुरु बरालसहितका नेताहरू पुगेका थिए । भेलामा संस्थापनका पदाधिकारी तथा पूर्वपदाधिकारी पनि सहभागी हुने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण