सदस्य सचिव शर्माको नियुक्ति बदर गर्न माग गरिएकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार
सारांश
- पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरियो।
- काठमाडौँ महानगरपालिका वडा नं. ८ का भेषराज लुइँटेलले कोष र संस्कृति मन्त्रालयविरुद्ध रिट दायर गरेका थिए।
- रिटमा सदस्य-सचिव शर्माको उमेर हदलाई लिएर नियुक्ति बदरको माग गरिएको छ, उहाँ ७० वर्ष पुगिसकेको दाबी छ।
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गर्दै रिटलाई अग्राधिकारमा राख्न भनेको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ८ का भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधवार रिट दर्ता गरेका थिए ।
सदस्य–सचिव शर्माको उमेर हदका कारण देखाउँदै नियुक्ति बदरको माग गर्दै रिट निवेदनमा माग गरिएको छ । सरकारले कुनै पनि सार्वजनिक पदमा नियुक्तिका लागि उमेर हदको व्यवस्था कानुनमा गरेको र सर्वोच्च अदालत तथा संवैधानिक आयोगहरूमा समेत ६५ वर्षमा अवकाश हुने व्यवस्था रहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव शर्मा ७० वर्ष उमेर पूरा गरिसकेको दाबी रिट निवेदनमा गरिएको छ ।
७० वर्ष उमेर पूरा गरिसकेको व्यक्ति पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव हुन नपाउने रिट निवेदक लुइँटेलको दाबी छ । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृति मन्त्री अनिलकुमार सिन्हाले गत मङ्सिर २९ गते प्रकाशमणि शर्मालाई सदस्य–सचिवमा नियुक्त गरेका थिए । कोषका सदस्य–सचिवको कार्यकाल चार वर्ष तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण