प्रतिनिधिसभा निर्वाचनका लागि कोशीबाट एमालेका चार जना एकल सिफारिस
बिहीबार, २४ पुस २०८२, १६ : ५६
सारांश
- एमालेको कोशी प्रदेश कमिटीले फागुन २१ गते हुने निर्वाचनका लागि चार जनाको एकल नाम सिफारिस गरेको छ।
- केपी शर्मा ओली झापा-५ बाट, शेरधन राई भोजपुरबाट सिफारिस भएका छन्।
- जगदीश कुशेत सुनसरी-४ र सुहाङ नेम्वाङ इलाम-२ बाट सिफारिस भएका हुन्।
विराटनगर । आगामी फागुन २१ गतेको निर्वाचनका लागि कोशी प्रदेशबाट एमालेका चार जनाको नाम एकल सिफारिस भएको छ ।
नेकपा एमालेको बिहीबार विराटनगरमा बसेको प्रदेश कमिटी सचिवालय बैठकले चार जनाको नाम एकल सिफारिस गरेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट, नेकपा एमालेका सचिव शेरधन राई भोजपुरबाट सिफारिस भएका छन् । त्यस्तै सुनसरी–४ बाट जगदीश कुशियत र इलाम–२ बाट सुहाङ नेम्वाङको एकल नाम सिफारिस भएको छ ।
प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छन् । धनकुटाबाट एकल नाम सिफारिस भएका राजेन्द्रकुमार राईको क्षेत्रमा टीकाराम चेम्जुङ र शकुन्तला बस्नेतको नाम थपेर पठाउने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण