खाद्यमा आत्मनिर्भर हुनेगरी उत्पादन बढाउनुपर्छ : तपबहादुर मगर
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले खाद्य उत्पादनमा देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् ।
आयोगले बिहीबार आयोजना गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन अवस्था र पुनरावलोकन विषयक छलफलमा उनले यस्तो बताएका हुन् ।
संविधानले प्रदान गरेको सबै नागरिकको खाद्य अधिकारलाई पूरा गर्न नेपालमा उत्पादन बढाउने गरी नीति बनाउनुपर्नेमा उनले जोड दिए ।
हाल आयातमार्फत भएपनि नेपालमा खाद्य अभाव नभएको उनले बताए । तर यसलाई सुधार गरेर खाद्यमा नेपाल नै आत्मनिर्भर हुनेगरी उत्पादन बढाउन लाग्नुपर्नेमा उनले जोड दिए ।
उनले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको व्यवस्था र मर्म पनि पनि त्यही नै रहेको दाबी गरे । उनले खाद्यमा विषादी हुने गरेको उल्लेख गर्नुहुँदै सम्बन्धित निकायले त्यसलाई निगरानीमा राख्नुपर्ने बताए ।
स्वच्छ खानेकुरा खान पाउनु नागरिकको अधिकार भएको उनको भनाइ छ ।
उनले भने, ‘ऐन कार्यान्वयन हुने र सबैको खाद्य अधिकार संविधानले प्रदान गरेको अधिकार प्रयोग गर्न पाउनुपर्छ । हामी कहाँ फुड सटेज छैन अहिले तथापि हामीले धान चामल बाहिर निकासी गर्थ्याै, अहिले बाहिरबाट आयात गरिरहेका छौँ । तर यसलाई सुधार गरेर हामीले खाद्यको अवस्था जुन हो, हामीले हामै देशमा पुग्ने बनाउनुपर्छ । त्यस्तो नीतिको व्यवस्था गरेर जानुपर्छ । यो ऐनको व्यवस्था पनि त्यही नै हो । खाद्यमा विषादी पनि हुनुभएन, त्यसलाई पनि निगरानी राख्नुपर्यो । स्वच्छ खानेकुरा खान पाउनुपर्छ ।’
उनले खाद्य सुरक्षासम्बन्धी आयोगले सरकारलाई दिएको सुझाव कार्यान्वयनमा नआएको पनि गुनासो गरे । आयोगले दिएको सुझावलाई कार्यान्वयनमा ल्याउन उनले सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण