एमालेले बनायो क्षितिज थेवेलाई युवा परिचालनको कमाण्डर, कुन प्रदेशमा को भए संयोजक ?
सारांश
- एमालेले युवाहरूलाई राजनीतिमा जोड्न 'युवाकेन्द्रित अभियान' घोषणा गरेको छ।
- क्षितिज थेवेलाई अभियानको केन्द्रीय संयोजक र समिक बडाललाई सह-संयोजकको जिम्मेवारी दिइएको छ।
- एमालेले युवाहरूलाई पार्टीप्रति आकर्षित गर्न र षड्यन्त्रलाई चिर्न यो अभियान चलाएको जनाएको छ।
काठमाडौँ । नेकपा (एमाले) ले युवाहरूलाई राजनीतिको मूलधारमा जोड्न र पार्टीको नीति तथा विचारलाई गाउँ–गाउँसम्म पुर्याउन विशेष ’युवाकेन्द्रित अभियान’ घोषणा गरेको छ ।
पार्टीको पछिल्लो आन्तरिक परिपत्र (अन्तरपार्टी निर्देशन–१) मा युवा परिचालनको मुख्य जिम्मेवारी (कमाण्डर) क्षितिज थेवेलाई सुम्पिएको छ ।
थेवेलाई अभियानको केन्द्रीय संयोजक र समिक बडाललाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।
युवाहरूलाई मूलधारको राजनीतिबाट अलग गर्ने नियोजित षड्यन्त्रलाई चिर्न र नेकपा (एमाले) नै युवाहरूको भविष्य सुरक्षित गर्ने भरोसायोग्य पार्टी हो भन्ने सन्देश प्रवाह गर्न यो अभियान चलाइएको एमालेको भनाइ छ ।
अभियानलाई प्रभावकारी बनाउन एमालेले सातै प्रदेश र राजधानी प्रदेशका लागि संयोजकहरू तोकेको छः
कोशी प्रदेशः मनोज ताम्ली (संयोजक)
मधेस प्रदेशः मोविन आलम (संयोजक)
बागमती प्रदेशः अमित लामा (संयोजक)
गण्डकी प्रदेशः आरसी लामिछाने (संयोजक)
लुम्बिनी प्रदेशः विमला विक (संयोजक)
कर्णाली प्रदेशः दानसिंह परियार (संयोजक)
सुदूरपश्चिम प्रदेशः कमला बोहरा (संयोजक)
राजधानी प्रदेशः अमन मास्के (संयोजक)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण