महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील
महोत्तरी । महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २५८ वटा मतदानस्थल कायम गरिएकामा १६३ वटा मतदानस्थललाई अतिसंवेदनशील वर्गमा राखिएको छ ।
त्यसैगरी, ८९ वटा मतदानस्थल संवेदनशील वर्गमा र छ वटा मतदानस्थल सामान्य वर्गमा परेको जिल्लास्थित सुरक्षा संयन्त्रले जनाएको छ ।
महोत्तरीको पूर्व–दक्षिण, दक्षिण र पश्चिम–दक्षिणमा करिब १४ किलोमिटर भूभाग भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको र विभिन्न सात वटा पालिकासँग भारतको खुला सिमाना रहेका कारण यहाँका निर्वाचनस्थलमध्ये १६३ वटा अतिसंवेदनशील वर्गमा ८९ वटा संवेदनशील वर्गमा राखिएको छ भने छ वटा निर्वाचनस्थल मात्रै सामान्य वर्गमा परेका छन् ।
त्यसैगरी, जिल्लामा आउँदो निर्वाचनका लागि ५३६ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी रञ्जिता झाले बताइन्।
चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा जम्मा ५९ वटा मतदानस्थल र १३० वटा मतदान केन्द्र कायम भएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा ६२ वटा मतदानस्थल र १३३ वटा मतदान केन्द्र कायम गरिएको छ ।
त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ मा ७७ वटा मतदानस्थल र १४२ वटा मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं ४ मा ६० वटा मतदानस्थल र १३१ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन अधिकारी झाले बताइन् ।
जिल्ला निर्वाचन अधिकारी झाका अनुसार आउँदो निर्वाचनमा महोत्तरीबाट कूल चार लाख ३१ हजार २८२ जना मतदाताले निर्वाचनमा सहभागिता जनाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण