कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारको लाग्यो टुंगो
धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरले आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।
जिल्लाका तीनवटै क्षेत्रीय समितिहरूले सर्वसम्मत रूपमा उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिएको हो ।
रास्वपा कञ्चनपुरले दिएको जानकारी अनुसार निर्वाचन क्षेत्र नम्बर १, २ र ३ का लागि जनकसिंह धामी, दीपक बोहरा र ज्ञानेन्द्रसिंह महताको नाम सर्वसम्मत रूपमा चयन गरिएको छ । क्षेत्र नम्बर २ बाट सिफारिसमा परेका दीपक बोहरा पार्टीका सचिवालय सदस्य हुन् । पार्टी सभापति रवि लामिछाने सञ्चारकर्ममा रहँदादेखि नै निकट रहेर काम गरेका बोहराले लामिछानेले सञ्चालन गर्ने कार्यक्रम उत्पादनमा लामो समय सहयोग गरेका थिए ।
पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएका बोहराले पार्टीले गरेको विश्वासप्रति आभार व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेर पार्टी पंक्तिले देखाएको विश्वास म टुट्न दिने छैन । साथै टिकटका अन्य आकांक्षी साथीहरूको त्याग र न्यायको पक्षमा म सधैँ उभिनेछु ।’
यस क्षेत्रमा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता एनपी साउद विजयी भएका थिए ।
त्यस्तै क्षेत्र नम्बर ३ बाट सिफारिस भएका ज्ञानेन्द्रसिंह महता पनि पत्रकारिता क्षेत्रबाट राजनीतिमा आएका व्यक्ति हुन् । विगतमा रास्वपाको सुदूरपश्चिम प्रदेश इन्चार्जको भूमिका निर्वाह गरिसकेका महता हाल पार्टीको विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिवका रूपमा कार्यरत छन् ।
यसैगरी क्षेत्र नम्बर १ बाट सिफारिस भएका जनकसिंह धामी पार्टीको अभियान तथा प्रचार विभागका केन्द्रीय सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण